मानवसेवा आश्रमको भवन प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १६:०९

झापा । झापाको मेचीनगर नगरपालिका–४ आमडाँडीस्थित मानवसेवा आश्रमको भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।

कार्यक्रममा आश्रमका लागि २ बिघा ५ कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे ।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.