रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज राति सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
बाराको गढीमाई मेलाबाट सिरहा फर्किंदै गरेको स्कार्पियो गाडी मध्यरातिमा चन्द्रनिगाहपुर– ४ स्थित सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केही घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दीलिप घिमिरेले जानकारी दिए ।
उनका अनुसार सिरहाको अर्नमा गाउँपालिका–३ बाट गढीमाई मेला पुगेर घर फर्किने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु भएकाहरुको शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको छ । मृतकहरुको ठेगानासम्म खुलेको व्यक्तिको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।
मृतक र घाइतेको पहिचना खुल्न सकेको छैन । ठेगानसम्म खुलेकाले त्यस ठाउँमा दुर्घटना भएको जानकारी दिइएको र त्यहाँ मानिसहरु आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।























