फुङ्लिङमा आगलागीबाट एक घर जलेर नष्ट

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १, सोमबार १०:२१

ताप्लेजुङ । आइतबार राति ताप्लेजुङको फुङ्लिङ बजारको एक घरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

फुङ्लिङ नगरपालिका–६ मा महेन्द्र गुरुङको घर जलेर नष्ट भएको ताप्लेजुङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट आइतबार राति विद्युत् सर्ट भई आगलागी भएको खलेको छ ।

घरधनी गुरुङ हाल धरानमा बसोबास गर्दै आएका छन् । उनको घरमा स्थानीय टीकामाया गुरुङ डेरा बस्दै आएकी थिइन् ।

आगलागीबाट ढुंगा माटोले बनेको टीनको छाना भएको ३ तले घर नष्ट भएको छ भने पशु चौपाया र अन्नपात समेत जलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.