
ताप्लेजुङ । तप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा दैनिक सयदेखि हजारको संख्यामा तीर्थयात्री पुग्छन् ।
तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात् काफ्ेपाटीमा प्रहरीका लागि व्यारेक निर्माण गरिएको छ । हाल यस स्थानमा रहेर प्रहरीले सेवासमेत दिन थालेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फुङलिङ नगरपालिका, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा सिम्बु सामुदायिक वन उपभोक्ता समूह र मयाम पातल सामुदायिक वन उपभोक्ता समूहको सहयोगबाट भवनको निर्माण गरिएको हो ।
निर्मित पर्यटक सहायता प्रहरी डेस्क तथा ब्यारेक भवनको प्रहरी नायव उपरीक्षक रवि रावल समुदघाटनसमेत गरेर सेवा सुरु गराएका छन् ।
यहाँ प्रहरीका लागि सुविधायुक्त ब्यारेक र डेस्क स्थापना भएकाले तीर्थयात्रीलाई सेवा दिन र यहाँ हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुने प्रहरी नायव उपरीक्षक रावल बताउँछन् ।
























