विपन्न परिवारलाई व्यवसाय सञ्चालनका लागि सहयाेग

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार १३:४३

विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्थाले ६ विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार लघुवित्तकाे सिजुवा शाखाले रतुवामाई नगरपालिकाका ५ र सुनवर्षी नगरपालिकाका १ गरी ६ परिवारलाई व्यवसाय सञ्चालनका लागि विभिन्न सामग्री र बाख्राकाे पाठा हस्तान्तरण गरेको हो ।

रतुवामाई नगरपालिका– ४ का वडा अध्यक्ष महावीरप्रसाद गनगाईले र जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थागत तथा सामाजिक विकास विभाग(आइसडी) प्रमुख विजयकुमार मण्डलले एक परिवारलाई होटल पुन सञ्चालनका लागि सामग्री, दुई परिवारलाई बाख्राको पाठा र तीन परिवारलाई भक्का, पापड, आलु व्यवसायका लागि सामग्री हस्तान्तरण गरे ।

विपन्न परिवारलाई स्वरोजगार बनाउनका लागि सामग्री हस्तान्तरण गरिएको मण्डलले बताए । ग्रामीण तहमा घरदैलोमा पुगेर वित्तिय सेवा प्रवाह गरिरहेकाे जीवन विकासले स्वरोजगार  बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेकाे  छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.