संखुवासभाको खेलकुद संरचनाको अनुगमन

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १८, बिहीबार ११:४३

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले संखुवासभामा रहेका खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाका खेलकुद संरचनाको अभिलेखनको तयारीमा रहेको बोर्डले संखुवासभामा रहेको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण गरेको हो ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्व टोलीले जिल्लामा रहेको खाँदवारी मैदान, भगिवन्त रंगशाला, निर्माणाधीन महेन्द्र माविको मैदान, खाँदवारी कभर्ड हल, उसु कभर्ड हल, निर्माणाधीन क्रिकेट रंगशाला तथा जिल्ला खेलकुद विकास समितिको कार्यालयलगायत संरचनाको निरीक्षण तथा अनुगमन गरेको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।

त्यस्तै, जिल्ला खेलकुद विकास समितिको आयोजनामा खाँदवारी नगरपालिकाका मेयर महेश थपलियाको उपस्थितिमा भएको अन्तरक्रियामा बोल्दै बस्नेतले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रित तयारीका लागि बोर्डले खेलेको भूमिकाको विषयमा प्रष्ट पारे ।

सदस्य–सचिव बस्नेतले जिल्लामा रहेका खेलकुद संरचनाका लागि बजेट विनियोजन गर्न प्रदेश सरकारसँग पहल गर्ने समेत बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.