भूकम्पबाट नेपालमा १३ जना घाइते

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २३, मंगलबार १५:३५

काठमाडौं । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्र विन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन् ।

मंगलबार बिहान गएको भूकम्पबाट बारामा ११ तथा काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसे गाउँपालिका–४ स्थित प्रहरी चौकी भवन चर्किएको छ ।

रामेछापमा एउटा गोठमा क्षति पु्र्याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.