फोनिज मोरङ अध्यक्षमा श्रेष्ठ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १८:०९

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् । शनिबार मोरङको पथरीमा सम्पन्न छैंटौं जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।  उनी यसअघि सचिव थिए ।

उपाध्यक्षमा विजय खम्बु, सचिवमा विद्यानन्द चौधरी, सहसचिवमा संगीता राजवंशी र राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू पनि सर्वसम्मत भएका छन् ।

फोनिज मोरङ जिल्ला सदस्यमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सन्जय राजवंशी चयन भएका छन् ।

फोनिज मोरङको लेखा समिति संयोजकमा रामकुमारी राई, सदस्यमा राजकुमारी तामाङ र युवराज लिम्बू चयन भएका छन् । जिल्ला अध्यक्ष दिनेश सुब्बाको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.