ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिकको हेलिकप्टरमार्फत उद्धार

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार ११:३६

ताप्लेजुङ । ताप्लेजुङमा लडेर घाइते भएका इटालियन नागरिक ५६ वर्षीय सर्जियो फेटोजाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लडेर गम्भीर घाइते भएका उनलाई आज प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका-३ खाम्लुङस्थित युनाइटेड मेवा हाइड्रोपावरमा कार्यरत फेटोजा बिहीबार लडेर घाइते भएका थिए ।

उनलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

फेटोजाको बायाँ हात भाँचिएको छ भने पेटमा समेत चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.