अब बिमितले आफू रहेकै ठाउँबाट स्वास्थ्य सेवा लिन पाउने

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १५:४७

काठमाडौं । ऐन संशोधन गरेर स्वास्थ्य बिमाको दायरालाई फराकिलो पारिएको छ । ऐन संशोधन भएसँगै स्वास्थ्य बिमा गराएका बिमितले सेवा लिने क्रममा भोग्दै आएका विभिन्न समस्या समाधान हुने भएको हो ।

स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए ।

उक्त प्रस्ताव स्वीकृत भएर कानुन संशोधन भएको छ। संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बिमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

बिमितले आफू बसेको ठाउँबाट सेवा लिनसक्ने प्रावधान थिएन । किनभने बिमा गराएको वा प्रथम सेवा बिन्दु भनेर उल्लेख गरिएको स्थानबाट रेफर गरेर आएपछि मात्रै सेवा लिन पाउँथे ।

यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले बिमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनु पर्ने छ । यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ ।

यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संशोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । नियमावली संशोधन भएपश्चात कार्यरत स्थानबाट बिमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास लिइएको छ ।

मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संशोधनमार्फत अब स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ ।

कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रुपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाटो खुला गरेको हो । यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×