
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । सोमबार नसकिएको थुनछेक बहस आज हुनेछ ।
लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
सोमबारबाट थुनछेक बहस सुरु भएको थियो, तर बहस सकिएन् । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ । सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । लामिछानेका तर्फबाट आज बहस हुनेछ ।

























