
काठमाडौँ । खराब मौसमका कारण विहानैबाट विराटनगर, जनकपुर र राजविराजको उडान प्रभावित भएको छ ।
बिहानदेखि बन्द भएको राजविराजमा भर्खरै मात्र उडान सुरु भएको छ । जनकपुरमा पनि मौसम खुल्दै गएकोले उडानको तयारी गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । तर, विराटनगरको उडान भने बन्द नै छ ।
बाँकी रहेका एयरपोर्टहरू चन्द्रगढी, भरतपुर, भैरहवा, नेपालगञ्ज धनगढी र पोखरामा भने विहानदेखि नै उडान नियमित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए ।























