ऋषिकेशका पूर्वस्वकीयसँग अदालतले माग्यो ५ लाख धरौटी

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार १७:०२

विराटनगर । जिल्ला अदालत मोरङले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलसँग ५ लाख रूपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अनिलसँग धरौटी माग गरी मुद्दाको पुर्पक्ष गर्न आज (बिहीबार) आदेश दिएको हो । अनिलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले बुधबार जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता गरेको थियो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार इजलासको आदेशपछि धरौटीबापतको रकम बुझाएर उनी छुटेका छन् ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी इजलासबाट आदेश भएको हो,’ बुढाथोकीले भने । उनका अनुसार अदालतले आजै अनिलसँग बयान लिएको थियो । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएसँगै अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो ।

अनिलविरुद्ध ३८ लाख ८० हजार रूपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । उनी गत पुस २५ गते पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा बुझाएको थियो । मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अनिललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

उनले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् ।

पार्टीको कोटामा छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म रकम लिएको बयान बौआलालले दिएका छन् । एबीबीबीएसमा छोरीको नाम ननिस्किएपछि बौआलालले पैसा फिर्ता मागे ।

पैसा फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ । बौआलालले २ वर्षअघि आफू ठगीमा परेको भन्दै अनिलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । तर, प्रहरीले लिन मानेन ।

हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेर अनिललाई अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.