
काभ्रेपलान्चोक । धुलिखेलको एउटा फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ ।
धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दाहालले सञ्चालन गरेको श्यामसुन्दर फर्निचर सेन्टरमा आगलागी हुँदा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान तोयानाथ दंगाल घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति ९ बजेतिर विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रहरीले हो । उनीहरूले उक्त फर्निचरको रेखदेखको काम गर्दै आएका थिए ।
धुलिखेल नगरपालिका र नमोबुद्ध नगरपालिकाका २ वटा दमकल, श्री कालिजंग गणका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाउने कार्य भएको प्रहरीले जनाएको छ ।























