प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार १६:४८

नेकपा (एमाले)को पत्रकार संगठन प्रेस चौतारी नेपाल मोरङ शाखाको अध्यक्षमा चीना थापा निर्विरोध निर्वाचित भएकी छन् ।

विराटनगरमा शनिबार सम्पन्न प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी प्रेस चौतारी मोरङको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

 

चौतारी मोरङको उपाध्यक्षमा सशांक पौडेल, महिला उपाध्यक्षमा रन्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी र समावेशी सहसचिवमा राजकुमारी तामाङ तथा कोषाध्यक्षमा पुन्य पी अधिकारी चयन भएका छन् । निशान्त ढुंगाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल (निशा), कुलदीप बाँस्तोला, विवेक खतिवडा र सुमना भट्टराई सदस्य चुनिएका छन् ।

जिल्ला अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ । यसैबीच, जिल्ला अधिवेशनका अवसरमा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

उनी अरुण खबर अनलाइनका प्रधानसम्पादक हुन् । विष्टलाई नगद २१ हजार राशिसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गरेका थिए । विष्ट प्रेस चौतारी मोरङका पूर्वअध्यक्षसमेत हुन् ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लछुमन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरतबहादुर खड्का, मोरङ अध्यक्ष सुशीला पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.