विराटनगर जुनियर जेसिजको अध्यक्षमा आयुषा खतिवडा

Share this
606shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १०:५२

विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छन् ।

खतिवडा नेतृत्वको उपाध्यक्षमा सम्युक्ता पोखरेल, सार्थक गौतम, आरोग्य कोइराला, आदित्य कोइराला, कार्यकारिणी उपाध्यक्षमा रक्षिता तिमल्सिना, शिर्जेस कट्टेल, मदन नेपाल निर्विरोध निर्वाचित भए ।

त्यस्तै, महासचिवमा ओम जोगी, सहसचिवमा अंकिता निरौला, कोषाध्यक्षमा आदर्श कोइराला, कानुनी सल्लाहकारमा विधान क्षेत्री, जनसम्पर्क अधिकारीमा वसन्त रौनियार, तालिम निर्देशमा दिया बानियाँ निर्विरोध निर्वाचित विजयी भए ।

 

सो अवसरमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, विराटनगर जुनियर जेसिज २०२४ का अध्यक्ष गौरव कर्ण, विराटनगर जेसिजका अध्यक्ष प्रितेशराज दाहाल, विराटनगर जेसिज बिओटीका अध्यक्ष टीकाराज ढकाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.