पाथीभरा केबलकार विवाद बढेपछि बोलाए गृहमन्त्रीले कोशी पहाडका सांसदहरूलाई

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १४:५८
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार राख्ने विषयमा तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी पहाडका सांसदहरुलाई छलफलका लागि बोलाएका छन् ।

गृहमन्त्री लेखकले ताप्लेजुङका सांसद योगेश भट्टराईसहित संघीय संसदमा प्रतिनिधित्व गर्ने कोशी पहाडका विभिन्न दलका सांसदहरुलाई मंगलबार (आज) ५ बजे सिंहदरबारमा छलफलका लागि बोलाएका हुन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर जानका लागि केबलकार राख्ने विषयमा विवाद चर्किएपछि मन्त्री लेखकले नेताहरूलाई छलफलका लागि बोलाए । आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.