१०२ पटक रक्तदान, हरिमोहन श्रेष्ठलाई सम्मान

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १८:४४

विराटनगर । विराटनगरका रक्तदाता हरिमोहन श्रेष्ठलाई मंगलबार सम्मान गरिएको छ । उनले हालसम्म १ सय २ पटक रक्तदान गरिसकेका छन् ।

१९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा श्रेष्ठ सम्मानित भएका हुन् । उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर महानगरपालिका–७, देवकोटा चोकमा गरिएको कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताए । उनले १ सय पटकभन्दा बढी रक्तदान गर्ने श्रेष्ठको मानवीय कार्य पैसासँग तुलना गर्न नसकिने अमूल्य रहेको उल्लेख गरे ।

अधिवक्ता विनयराज पाण्डेले आफू पनि स्वयंसेवी रक्तदाता भएको बताउँदै रक्तदान गर्दा छुट्टै आनन्द आउने बताए । सम्मानित श्रेष्ठले आफूले रक्तदान गर्दाको अनुभूति सुनाएका थिए ।

अधिवक्ता राजकुमार राउत, समाजका अभियन्ता सुवोध निरौला, सन्तनु रेग्मी, शैलेश श्रेष्ठलगायतले रक्तदानका बारेमा चर्चा गरेका थिए । रक्तदानका बारेमा जनचेतना प्रशस्त भइ रक्तदाता पनि कमी नभएको अवस्थामा रक्तसञ्चारको कार्य गर्दै आएको रेडक्रसका सञ्चालकहरुको अकर्मण्यताका कारण रगतको अभाव हुने गरेको बताए ।

उनीहरुले रगत आवश्यक भएका बिरामीले रगत अभावको सास्ती भोग्नु परिरहेको गुनासो गरे । प्रत्येक वर्ष माघ १५ गते राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइन्छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले हालसम्म १ सय ८१ पटक रक्तदान गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.