छोरीमाथि निर्घात कुटपिट, बाबु पक्राउ

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार ०९:०१
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । झापामा एक जना बाबुले आफ्नै बालिका छोरीमाथि निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ ।

बिर्तामोड नगरपालिका–९ का ४५ वर्षीय प्रकाश विष्टले नाबालिका छोरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । उनले १५ वर्षीया छोरीलाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।

छोरीमाथि कुटपिट गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार साथीसँग घुम्न हिँडेको भन्दै विष्टले छोरीलाई कोठामा थुनेर पिलासले हानेर टाउको फुटाइदिएको पाइएको छ । साथै, भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेको जानकारी प्रहरीले दिएको छ ।

आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको उनकी श्रीमतीले बताएकी छन् । यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन् ।

पक्राउ परेका विष्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.