मोरङको मिक्लाजुङबाट लागुऔषधसहित १ जना पक्राउ

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १२:०१
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–७ बाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–३ का निखिल विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले उनलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका विश्वकर्माको साथबाट ट्रमाडोल र स्पास्पेन गरेर २ सय ३९ क्याप्सुल बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.