
महोत्तरी । हत्या भएको अवस्थामा एक जना महिलाको बीभत्स शव फेला परेको छ ।
महोत्तरीको गौशाला नगरपालिका–८ की १९ वर्षीया खुश्वु यादवको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
खुश्वुको शव गौशाला–५ स्थित विद्युत प्राधिकरण कार्यालयबाट करिब ५ सय मिटर उत्तरतर्फको खेतमा फेला परेको थियो । उनी शनिबार राति घरबाट निस्किएकी थिइन् ।
हत्या गरेर फालेको अवस्थाको आइतबार शव फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको र थप विवरण प्राप्त हुन बाँकी रहेको जानकारी प्रहरीले दिएको छ ।

























