
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् ।
सभापति लामिछानेसहित १५ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा लामिछाने बयानका लागि बुधबार (आज) अदालतमा उपस्थित भएका हुन् ।

























