धरानमा कारभित्र भेटियो १ सय १ किलो गाँजा

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार ११:४०

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा रोकेर राखेको कारबाट आज (बुधबार) बिहान ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१७ स्थित सर्दु खोलाको पुलनजिकबाट १ सय १ किलोग्राम गाँजा बरमद गरेको हो । रोकेर राखेको बा ९ च १७६८ नम्बरको कारलाई शंका लागेर प्रहरीले बिहान ५ बजेतिर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा कारभित्र गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, गाँजा ओसारपसारमा संलग्नहरु फेला नपरेको जानकारी प्रहरीले दिएको छ ।

कार चालक पनि फरार बनेका छन् । गाँजा कसले ल्याएको हो भनेर खुल्न नसकेको र ओसारपसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार कसको हो भन्ने खुल्न नसकेको छैन ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.