
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट ४३ पिन्ट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष यादव खतिवडा थिए ।
सहकारीकी अध्यक्ष उमा घिमिरेले सहकारीको शेयर पुँजी ३ करोड ५५ लाख २३ हजार २ सय रूपैयाँ रहेको बताइन् । बचत १७ करोड ९३ लाख ४० हजार ७ सय ६५ रूपैयाँ रहेको उनको भनाइ छ ।
सहकारीले १९ करोड ३० लाख १८ हजार ४ सय १० रूपैयाँ ऋण लगानी गरेको छ । सहकारीको कोषमा १ करोड ३९ लाख ९७ हजार १ सय २९ रूपैयाँ रहेको र सहकारीको शेयर सदस्य ३ हजार जनाभन्दा माथि रहेको जानकारी अध्यक्ष घिमिरेले दिइन् । रेमिट साकोस समुदायमा आधारित सहकारी रहेको उनको भनाइ छ ।























