पूर्वडीआईजी छविलाल जोशी कारागार चलान

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २८, सोमबार १९:४२

रुपन्देही । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा मुछिएका जोशीलाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ । उनी सोमबार नै अदालतमा हाजिर भएका थिए । अदालतले बयान लिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो ।

बहस सकिएपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको जानकारी अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले दिए ।

मुद्दामा जोशीसहित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष जीबी (गितेन्द्रबाबू) राईलगायतका प्रतिवादी छन् । लामिछानेलाई भने रूपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी लिएर छाड्न यसअघि नै आदेश दिइसकेको छ । राई अहिलेसम्म फरार छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.