इलाममा एक सातामा २ जनाको हत्या

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार ०७:२०

विराटनगर । इलाममा एक साताको अवधिमा २ जनाको हत्या भएको छ । हत्या भएका दुवै जना पुरुष हुन् ।

सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको आफ्नै घरभित्र हत्या भएको इलाम प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार घरको भुइँतल्लाको बीचको कोठामा सोमबार राईको शव भेटिएको हो ।

टाउकोको अगाडि र पछाडिको भागमा चोट रहेको र कोठामा रगत लतपतिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । राईको हत्यामा प्रयोग गरिएको कोदालो, फलामको रड, आग्लोलगायत प्रहरीले बरामद गरेको छ । ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राईकै छोरा–बाहुरी र छिमेकीसहित ६ जनालाई पक्राउ गरेको छ । मृतककै छोरा २९ वर्षीय एडवड राई, बुहारी (एडवडकी पत्नी) २६ वर्षीया मालती तामाङ (राई), छिमेकीहरु २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीया निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतले मंगलबार प्रहरीलाई ८ दिनको समय दिएको छ । सबै जनालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएके छ ।

गत बिहीबार इलाम नगरपालिका–९ का मिलन सुनुवारको आफ्नै साथीले हत्या गरेका थिए । कुटपिटबाट घाइते भएका सुनुवारको उपचारका क्रममा मृत्यु भएको थियो । अपराधिक गतिविधि हुन नदिन निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.