विराटनगरमा कुकुरले पत्ता लगायो खैरो हेरोइन, २ जना पक्राउ

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार ०७:५०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । विराटनगरमा कुकुर (डग)सहितको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) पत्ता लगाएको छ । कुकुरले पत्ता लगाएपछि लागुऔषध बोकेका २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–११ बसपार्कमा चेकिङका लागि कुकुरसहितको टोली खटाएको थियो । वडा प्रहरी कार्यालय विराटनगर र केनाइन शाखाबाट खटिएको डगसहितको टोलीले खैरो हेरोइन बोकेर हिँडिरहेकाहरुलाई मंगलबार अपरान्ह ४ः१५ बजेतिर फेला पारेको हो ।

चेकजाँचका क्रममा खैरो हेरोइन फेला परेपछि विराटनगर–१ का १८ वर्षीय मोहमद अब्दुल गफार र मोरङको उर्लाबारी नगरपालिका–७ का २५ वर्षीय मोहमद अब्दुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ ग्राम बरामद भएको छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.