
काठमाडौं । कठमाडौंस्थित बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ ।
मुख्य पाइप फुटेपछि त्यस वरपर रहेका सरकारी कार्यालय डुबानमा परेका छन् ।
सडकभर पानी भएका कारण सवारी आवागमन प्रभावित भएको छ भने पैदल यात्रुहरूलाई हिँड्डुल गर्न समस्या परेको छ ।
उक्त स्थानमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीको टोली खटिएका छन् ।























