
काठमाडौं । जुम्लामा पुनः भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो ३ बजेर ३८ मिनेटमा जुम्लामा पुनः भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पातारासी गाउँपालिका–७ पट्मारालाई केन्द्रबिन्दु भएर गएको भूकम्प ४.१ म्याग्निच्युड रहेको थियो ।
बुधबार बिहान ११ बजेर ५६ मिनेट उक्त पालिका–६ स्थित उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।























