
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ खोपातालका ५६ वर्षीय पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
बिर्खबहादुर लाबुङको हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सुवास लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार लिम्बूले कुटपिट गरेपछि बिर्खबहादुरको शनिबार साँझमा मृत्यु भएको थियो ।
शनिबार साँझमा बिर्खबहादुरको मृत्यु भएपछि प्रहरीले आइतबार बिहान लिम्बूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























