कोशी विचार उत्सवको तयारी अन्तिम चरणमा

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ५, सोमबार १८:०३

विराटनगर । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । वीणा फाउन्डेसनले उत्सवको आयोजना गर्ने छ ।

फाउन्डेसनका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र वकृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक परिदृश्यका दिग्गज राजनीतिज्ञ, अर्थविद, शैक्षिक क्षेत्रका हस्ती, खेलकुदलगायत क्षेत्रको प्रतिनिधित्व हुने बताइएको छ ।

उत्सवका आयोजक वीणा फाउन्डेसनका वरुण झाका अनुसार खुला शत्रका रुपमा महेन्द्र चोकमा आयोजना हुने विचार उत्सवमा प्रदेश सरकार, स्थानीय तह र केन्द्रीय तहका नेता सहभागी हुँदैछन् । यस सन्दर्भमा जल्दोबल्दो विषयमा गहन छलफल भइ त्यसबाट आएका निष्कर्षले सरकार सञ्चालन तहमा सकारात्मक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ ।

फाउन्डेसनले यसको तयारी स्वरुप विभिन्न विधामा काम गरिरहेको झाले बताए । उनले भने, ‘विचार उत्सर्जन र प्रतिपादनमा कोसी आफैमा उर्भर भूमि भएकोले यो पटक हामीले विराटनगरलाई चयन गरी कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ फाउन्डेसनले यसअघि मधेश प्रदेशको राजविराजमा यस्तै कार्यक्रम आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.