
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनको मुद्दामा पहिलो तारेखका लागि लामिछाने आज (मंगलबार) अदालत उपस्थित भएका हुन् ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

























