नेपाली फुटबलरको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ बेलायतमा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ६, मंगलबार १५:४५

काठमाडौं । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को भव्य प्रिमियर सम्पन्न भएको छ ।

प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो ।

नेपालबाट चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराईको पनि सहभागिता थियो ।

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् ।

निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चलचित्र हेरेका दर्शकहरूले निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।

निर्माता श्रेष्ठले प्रिमियरबाट संकलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकुन् भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए ।

नेपालमा यो चलचित्र फागुन २९ गते रिलिज हुँदैछ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×