भारत पुगेर आएका २ जना विराटनगरबाट पक्राउ

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १६:१६
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । भारत पुगेर आएका २ जनालाई प्रहरीले आज (मंगलबार) दिउँसो विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २८ वर्षीय सञ्जीव जीमी र २४ वर्षीय अभिषेक तामाङ रहेका छन् । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दुवै जनालाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट दिउँसो २ः३० बजेतिर पक्राउ गरेको हो । उनीहरु भारतबाट नेपालतर्फ पैदल नै आउँदै थिए ।

शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु १.४ ग्राम बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.