शंकास्पद गतिविधिमा संलग्न ७ जना बंगलादेशी पक्राउ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ११, आइतबार १८:५४
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । विभिन्न समयमा प्रवेश गरी गैरकानुनी रूपमा नेपालमै बसेर बंगलादेशी नागरिकले शंकास्पद गतिविधि गरिरहेको पाइएको छ ।

गैरकानुनी रूपमा बसोबास गरेर शंकास्पद गतिविधि गर्ने ७ जना पक्राउ परेका छन् । मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला, मोहम्मद जहांगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन पक्राउ परेका हुन् । उनीहरु सबै बंगलादेशी नागरिक हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार भिसा अवधि सकिएपछि गैरकानुनी रूपमा बस्ने तथा शंकास्पद गतिविधिमा संलग्न भएको सूचनाका आधारमा पक्राउ गरिएका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.