‘ग्रामर गुरु’ गौतमको निधन

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार ०६:५०

काठमाडौं । नेपाली एवं अंग्रेजी भाषाका विज्ञ चूडामणि गौतमको निधन भएको छ । भाषविद् गौतम ‘ग्रामर गुरु’ नामबाट परिचित छन् ।

पारिवारिक स्रोतका अनुसार ८१ वर्षीय गौतमको सोमबार साँझ काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।

नेपाली भाषामा समेत योगदान गरेका उनले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोष’ पनि सार्वजनिक गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.