साथीको हत्या आरोपमा ३ जना पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १९:३१

पर्सा । साथीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् । उनीहरुले वीरगन्ज–२७ का १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको प्रहरीले जनाएको छ ।

वीरगन्ज–२८ को भेडैया खोलाको पानीमा तैरिरहेको अवस्थामा केही दिनअघि कुर्मीको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको हत्यामा साथीहरुको संलग्नता यकिन भएको हो ।

तास खेल्न रकम सापटी लिएको विषयमा विवाद भएपछि उनीहरुले कुर्मीको हत्या गरेको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए । उनका अनुसार कुर्मी र उनका छिमेकी साथीहरु तास खेल्न गएका थिए ‌।

पैसाको विषयमा विवाद बढेपछि मुकेश, अरुण र मुना मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.