
विराटनगर । नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा शुक्रबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।
उनको पशुपति आर्यघाटमा बेलुका नै अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए । बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् ।
आईसीयूबाट उनलाई वार्डमा सारिएको थियो । उपचाररत अवस्थामै श्रेष्ठको निधन भएको हो ।
श्रेष्ठ २०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । उनले २०६५ जेठ २० गते सेवाबाट अवकाश पाएकी हुन् ।























