दाजुले गोली प्रहार गर्दा भाइको मृत्यु

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १८, आइतबार ०६:२४

बैतडी । दाजु नाता पर्ने व्यक्तिले गोली प्रहार गर्दा गम्भीर घाइते हुन पुगेका १ जना युवकको मृत्यु भएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए । उनका अनुसार दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले शनिबार राति करिब ८ बजेतिर गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घँइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इन्स्पेक्टर बडूले बताए । उनका अनुसार कर्णबहादुर र सुरेन्द्रबीच लेनदेनको विषयलाई लिएर गाउँमा विवाद भएको थियो ।

विवादलगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेकाले खोजी तीव्र पारिएको जानकारी इन्स्पेक्टर बडूले दिए । प्रहरीले घटनाको थप अनुसन्धान पनि गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.