पारसलाई हृदयघात, ३ दिन अस्पतालमै राखिने

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार १५:१०

विराटनगर । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

शाहलाई आइतबार बेलुका हृदयघात भएको हो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको चिकित्सकले बताएका छन् । पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।

राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेको र पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको चिकित्सक बताउँछन् । उनलाई अबको ३ दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.