
काठमाडौं । आइतबारको तुलनामा सोमबार सेयर मापन परिसूचक नेप्से घटेको छ । सोमबार १३.६१ अंकले बजार घटेर २८७६ अंकमा कायम भएको हो । फागुन १ पछि लगातार बढेको थियो । आज भने बजार घटेको हो ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार १४ अर्ब २५ करोडको कारोबार भएको थियो । आज १४ अर्ब २८ करोडको भएको छ ।
आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो । बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घट्यो । अन्य १. ६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढेको छ ।



















