अलैंचीको मूल्य घट्दै, प्रतिमन ९८ हजारमा कारोबार

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार १७:१६

विराटनगर । अलैंचीको मूल्य ओरालो लग्न थालेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा अलंैचीको मूल्य प्रतिमन ९८ हजार रुपियाँमा झरेर कारोबार भइरहेको स्थानीय व्यापारी बताउँछन् ।

फुङलिङ बजारका व्यवसायी भद्रबिर रेग्मीका अनुसार अलैंचीको मूल्य घट्दै–घट्दै मंगलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिव दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको उनी बताउँछन् ।

सोमबार फुङलिङ बजारमा प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो । एक दिनपछि मंगलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको छ ।

हाल अलैंची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देश बाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताए ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यता छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.