
काठमाडौं । अमेरिका अवैध रूपमा बस्दै आएका १० जना नेपालीहरूलाई लिएर अमेरिकी चार्टर विमान आज काठमाडौं आउँदैछ ।
अमेरिकी चार्टर विमान बिहान १० बजे काठमाडौं आइपुग्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीहरूलाई फिर्ता गर्ने घोषणा गरेका थिए ।
अमेरिकाले पहिलो चरणमा विभिन्न देशका साढे १४ लाख आप्रवासीलाई देश निकाला गर्ने जनाएको छ । यसमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।

























