
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । तोलाको ९ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रूपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलाको १० रूपैयाँले भाउ बढेको हो । मूल्य बढेसँगै चाँदी प्रतितोला १ हजार ९ सय ५० रूपैयाँ पुगेको छ ।



















