फाइल फाेटाेकाठमाडौं । अमेरिकाबाट फर्काइएका ८ जना नेपालीलाई परिवारको जिम्मा लगाइएको छ ।
प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।
अमेरिकामा अवैध आप्रवासी ठहर भएर देशनिकाला गरेका ८ नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडिएको थियाे ।
विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार बिहान ९ः५३ बजे आइपुगेको थियो । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार अवतरणको हकमा जम्मा १४ जनाका लागि अनुमति लिए पनि ८ जना मात्रै लिएर विमान आएको थियाे । तीमध्ये एक महिला र ७ जना पुरुष छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका आप्रवासीलाई देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए ।

























