आँखा शिविरमा २२६ जनाको परीक्षण

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २४, शनिबार १४:२३

विराटनगर । सुनसरीको बर्जु र देवानगन्जमा विराटनगरको विराट रानी आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय ५६ जनाको आँखा परीक्षण गरिएको छ । 

विराट रानी आँखा अस्पतालले लायन्स क्लब अफ खोटाङ हलेसीको सहकार्यमा बर्जु गाउँपालिका–६ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १ सय ५१ जनाको परीक्षण गरिएको थियो ।

आँखा परीक्षण गर्दा २५ जनामा मोतिया बिन्दुका बिरामी भेटिएको र उनीहरूको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । उनीहरूको दुवै संस्थाको उपचारको व्यवस्था मिलाएको छ । 

त्यस्तै, देवानगन्ज गाउँपालिका–६ जिरोगवामा भएको आँखा शिविरमा ७५ जनाको आँखा परीक्षण गरिएको थियो ।  आँखा परीक्षणपछि बिरामीहरूलाई आवश्यक दबाइ उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×