अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी (फोटो फिचर)

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार १५:४४

विराटनगर । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार (आज) विराटनगरमा सचेतनामूलक प्लेकार्डसहित प्रभातफेरी निकालिएको छ ।  

संसारीमाई स्थानबाट निकालिएको प्रभातफेरीमा सहभागीले महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं, संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकारलाई सुनिश्चित गरौं, महिला सम्मानको आधार सीपयुक्त हात र स्वरोजगार, सामाजिक न्याय र लैगिंक समानता दिगो विकासको सुनिश्चिततालगायतका नारा लेखिएकाे प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका थिए । 

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रभातफेरी नगर परिक्रमापछि महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, राज्यमन्त्री सिर्जना राईलगायत बोल्दै हरेक तह र तप्कामा महिला नेतृत्व स्थापित गर्न सरकार नै संवेदनशील हुनुपर्ने बताए । 

संविधानमा ३३ प्रतिशत उल्लेख भए पनि महिलाहरूलाई ५० प्रतिशत अधिकारको ग्यारेन्टी राज्यले नै गर्नुपर्ने उनीहरूले बताएका छन् । 

प्रभातफेरीमा सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, विभिन्न संघसंस्था, विद्यार्थीहरूको सहभागिता थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.