जनकपुर, भैरहवा र धनगढीमा आज बढी गर्मी हुने

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार १२:१५

विराटनगर । आज जनकपुर, भैरहवा र धनगढीमा सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानमा ३१ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना छ ।

सबैभन्दा कम तापक्रम आज राति जुम्लामा रहने छ । यहाँको तापक्रम माइनस एक डिग्रीसम्म पुग्ने देखिएको महाशाखाले जनाएको छ ।

यस्तै ताप्लेजुङ, धनकुटा, जिरी लगायतका शहरमा छिटपुट पानी पर्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.