आगलागीबाट घाइते वीरेन्द्रको उपचारको क्रममा मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २५, आइतबार १३:५८

झापा । झापाको मेचिनगरमा आगलागीबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मेचिनगर नगरपालिका – ४ आमडाँगीका ५१ वर्षीय वीरेन्द्रराज राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा वीरेन्द्रराज घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा आज बिहान मृत्यु भएको हो ।

आगलागीमा राईको दुवै हात, खुट्टा र अनुहार जलेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.