सुरु भयो श्रम तथा रोजगार सम्मेलन

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार ११:३०

काठमाडौं । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आज (सोमबार)देखि सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । सम्मेलन होटल याक एण्ड यतिमा जारी छ ।

‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन मंगलबारसम्म चल्ने छ । आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश बर्से रणनीतिक योजनामा समावेश गर्नलाई सुझाव संकलनसमेत गरिने छ ।

सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५ सय जनाको जनाको सहभागिता छ । साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराइने छ ।

नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको सन्दर्भमा आयोजित सम्मेलनले रोजगारी सिर्जना गर्न योगदान पुग्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.